एजेन्सी । साउथ इण्डिनका सुपरस्टार रजनीकान्त हाल मैन वर्सेस वाइल्डको छायांकनका कारण चर्चामा छन्। उनले शो का होस्ट बेयर ग्रिल्सका साग कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा छायांकन गरेका थिए।
छायांकनका क्रममा रजनीकान्त घाइते भएको पनि खबर आएको थियो। पछि त्यसलाई अफवाह भनियो। अहिले यसैको छायांकनलाई लिएर समस्यामा फँसेको भारतीय मिडियाले जनाएका छन्। केही कार्यकर्ताले रजनीकान्तलाई पक्रा उगर्न माग गरिरहेका छन्।
टाइम्स अफ इण्डियाको रिर्पोट अनुसार बेयर ग्रिल्सका साथ मैन वर्सेज वाइल्डको छायांकन टाइगर रिजर्व पार्कमा गरेका थिए। यसै क्रममा कार्यकर्ताले त्यहाँ भएका जनावरका बारेमा चिन्ता गर्दै रजनीकान्तविरुद्ध आन्दोलन पनि गरेका थिए।
त्यहाँका कार्यकर्ताले भनेका छन्, छायांकनका लागि जुन क्रू टाइगर रिजर्व पार्कमा उपस्थित छन् त्यसले जनावरलाई खतरा हुन सक्छ। यसका साथै सुख्खा मौसमका कारण जंगलमा आगो पनि लाग्न सक्छ। त्यसलाई नियन्त्रणमा लिन निकै मुस्किल हुने गर्दछ। एक कार्यकर्ताले भनेका छन्, उक्त सुटिङ मनसुनमा पनि हुन सक्थ्यो।
रजनीकान्तले बेयर ग्रिल्सलाई धन्यावाद दिदै एक ट्वीट गरेका थिए। जसमा उनले लेखेका छन्, एक शानदार र कहिलै भुल्न नसकिने यस अनुभवका लागि तपाईँलाई धेरै धन्यावाद बेयर ग्रिल्स। रजनीकान्तपछि अक्षय कुमारले पनि बेयर ग्रिल्सका साथ यस शोको छायांकन गरेका थिए।