४८ घण्टाभित्र नियम विपरितका सुरक्षाकर्मी हटाउन गृहको निर्देशन

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ०२


काठमाडौं । गृहमन्त्रालयले नियम विपरितका सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ।

बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्