नेविसंघको केन्द्रीय तर्थ समितिको गठन, अध्यक्षमा राजीव ढुंगाना

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ७ : ४९


काठमाडाैं । कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन भएकाे छ । नेपाली कांग्रेसले राजीव ढुङ्गानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन गरेको हाे । संघको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर रहेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे छ । 

तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । नेविसंघमा सभापति देउवा पक्षबाट सभापतिसहित २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् । 

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को गठन गरेकाे नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।

१. श्री राजीव ढुंगाना (सुनसरी) –अध्यक्ष
२. श्री मनोज वैद्य (काठमाडौँ) –महामन्त्री
३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री

यस तदर्थ कार्यसमितिले–
(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ ।

कृष्णप्रसाद पौडेल–मुख्य सचिव


प्रतिक्रिया दिनुहोस्