प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गर्नुभएको थियो।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
त्यसलगत्तै उहाँले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गर्नुभयोे।
त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उहाँले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभयो।
त्यसलगत्तै उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको हो। प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। रासस