काठमाडौं । नेपाली नागरिकता नभएकालाई गृहमन्त्री बनाइएको भन्दै विरोध प्रदर्शन भएको छ।
आज अपरान्ह शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण सकिने बेलातिर राष्ट्रपति भवन बाहिर प्लेकार्ड देखाउँदै नाराबाजी गरेको अभियोगमा केही युवा पक्राउ परेका छन्।
चार जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।