भेलिभिजन अभिनेत्री श्रद्धा आर्याले रियालिटी डान्स शो नच बलिए ९ मा आफ्ना प्रेमी आलम मक्कडसँग सहभागी हुने घोषणा गरेर सबैलाई हैरान बनाएकी थिइन्। यसअघि श्रद्धाले आलमलाई कहिलै आफ्ना प्रेमी भनेर खुलासा गरेकी थिइनन्। त्यसैले शो मा उनको सहभागीताले उनका फ्यानका साथसाथ तमाम दर्शकलाई चकित बनाएको थियो।
शो पछिल्लो नोभेम्बरमा सकिएको थियो। शो सकिएको २ महिनापछि नै श्रद्धाले आलमसँग ब्रेकअप गर्ने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचार रिर्पोटका अनुसार दुबैले आपसी सहमतिमा यस सम्बन्धबाट ब्रेकअप लिने घोषणा गरेका हुन्।
उनले एक अन्तवार्तामा सायद उक्त सम्बन्धलाई यस भन्दा अघि लैजान नसक्ने बताएकी थिइन्। उनीहरु दुई, तीन महिना पहिले एक अर्काबाट टाढा भएको समाचारमा उल्लेख छ।
यस बारेमा श्रद्धाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् भने आलमले यो खबरलाई अफबाह भनेर पन्छिन खोजेको बताइएको छ। आलम एक व्यापारी हुन्। शो मा श्रद्धाले आलमसँगको प्रेम सम्बन्धका बारेमा भनेकी थिइन्, म आलमको साथमाखुसी छु। तर इन्गेजमेन्टका बारेमा अहिलै कुनै योजना भएको छैन्। हामी ८, ९ महिनामात्र एक अर्कालाई डेट गरेका छौँ।
पछिल्लो समय श्रद्धा र आलमको विवाहको खबर सार्वजनिक भएको थियो। विवाहको योजना बनिरहेका बेला दुबैको ब्रेकअप भएको बताइएको छ। यस बारेमा अहिलेसम्म दुबैले कुनै प्रतिक्रिया भने दिएका छैनन्।