४६ वर्षअघि आफैले किनेको रोलेक्स घडीको अहिलेको मूल्य सुन्दा एक व्यक्ति ठाउँको ठाउँ डङ्रङ्गै ढले । ४६ वर्षअघि सन् १९७४ मा रोलेक्स घडी ३४५ डलरमा खरिद गरेका अमेरिकाका पूर्वसैनिक घडी निकै महंगो भएको थाहा पाएर ढलेका हुन् ।
घडीको मूल्य सुन्दा उनी भूइँमा पल्टिएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।
ती व्यक्तिले सेवाकै क्रममा रोलेक्स राम्रो घडी राम्रो हुन्छ भनेर किनेका थिए।
उनको घडी ४६ वर्ष पुरानो भएपनि राम्रोसँग चलिरहेको थियो। हालै रोलेक्सले एन्टिक शोमार्फत् पुराना घडीहरु बोलकबोलमार्फत् खरिद गर्ने एक कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा ती व्यक्ति पनि आफ्नो घडी बेच्न र मूल्य बुझ्न गए। जब रोलेक्सका एक अधिकारीले उनको घडीको मूल्य ४ लाख अमेरिकी डलर भएको बताए। उनी भुइँमै लडे।
भिडियोमा देखिए अनुसार तर उनी एकै छिनमा उठ्छन् र खुशी हुन्छन्।
उक्त घडी ती पूर्व सेनाले त्यसबेला महँगो मूल्यमा किनेका थिए। उनका अनुसार उनलाई यो घडी यति मनपर्यो उनले कहिल्यै घडी लगाएनन्। वर्षौसम्म सुरक्षित राखे।
निकै नै राम्रो अवस्थामा यो दुर्लभ घडी पाएपछि रोलेक्सले यस घडीको लागि ५ लाखदेखि ७ लाख डलर तिर्न तयार भएको भिडियोमा बताइएको छ ।
हेर्नुस् घडीको मूल्य सुनेर मान्छे ढलेको भिडियो-