घातक कोरोना भाइसका कारण अहिलेसम्म चीनमा मृत्यु हुनेको संख्या १७० माथि पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार अहिलेसम्म ७ हजार ७ सय भन्दा बढी व्यक्तिको यस भाइरसको संक्रमणको पुष्टी भएको छ।
चीनले अहिलेसम्म यो भाइरस कसले फैलाइरहेको भन्ने बारे पत्ता लगाउन सकेको छैन्। यसै बीचमा वैज्ञानिकहरुले यस भाइरस चमेराले फैलाएको दाबी गर्दै आएका छन्। केही दिनअघि यस भाइरस चिनियाँ बजारमा किनबेच हुने सर्पका कारण फैलिएको बताइएको थियो। तर अहिले वैज्ञानिकले यस भाइरस चमेराले फैलाएको दाबी गरेका छन्।
चमेराको भाइरसमा पनपा भाइरस
सीएनएनका इकोहेल्थ एलायन्सका प्रमुख डाक्टर पीटर दसजेकले लेखेका छन्, जब तपाई यस भाइरसको जेनेटिक सम्बन्धलाई हेर्दा कोरोना भाइरसको चमेरोसँग नजिकको सम्बन्ध छ। त्यस्तै चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेन्सनका फ्रोफेसर गुइजेन वूका अनुसार लेन्सेट मेडिकल जनरलका तर्फबाट एक अध्ययन प्रस्तुती गरिएको छ। अहिलेसम्म यस अध्ययनका सबै तथ्यांक भाइरस अनुकुल सावित भएका छन्। सुरुमा यो भाइरस चमेरोमा भेटिएको थियो।
पहिले पनि चमेरोबाट कयौँ भाइरस
चमेराले पहिले पनि कयौँ भाइरस फैलाइसकेको छ। यसअघि फैलिएका मारबर्ग, निपहा र हेन्ड्रा भाइरसको कारण चमेरो नै थियो। यो भाइरस केही समय अघि यूगाण्डा, मलेसिया, बंगलादेश र अष्ट्रेलियामा फैलिएको थियो। चमेरालाई नै इबोला, रेबीज, सार्स र मेर्स भाइरसको वास्तविक कारण मानिने गरिन्छ। चीनको वुहानमा फैलिएको कोरोना भाइरसको लक्षण सार्स र मेर्स भाइरससँग निकै मिल्दोजुल्दो देखिएको छ। सन् २००३ मा फैलिएको सार्स भाइरसको कारण एक विरालोलाई मानिएको थियो भने मेर्स उँटबाट फैलिएको भनिएको थियो।
थामिएन् ज्यान गुमाउनेको संख्या
वैज्ञानिकका अनुसार सबै भाइरस बंशानुगत हुने गर्दछन्। किनकी ती भाइरस जनावरबाट मानिसमा सर्ने गर्दछ। निपहा भाइरसको मुद्दामा पनि कयौँ किसिमका लक्षण देखिएका थिए। जसमा घातक इनसेफ्लाइटिस इनफेक्शनपछि शामेल थियो। निपहा भाइरसको पछाडि पनि चमेरोलाई भागिदार मानिएको थियो।
अहिले कोरोना भाइरसबाट चीनमा एक सय ७० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। चीनको नेशनल हेल्थ कमिशन ( एनएचसी) का अनुसार यस भाइरसबाट संक्रमित मध्ये १३ सय ७० जनाको अवस्था गम्भिर रहेको छ। १२ सय १६७ जनामा यस भाइरसको लक्षण भेटिएको छ। त्यस्तै बेइजिङमा पनि १११ जनामा यस भाइरसको संक्रमणको पुष्टी भएको छ भने शंघाइमा पनि एक सय भन्दा धेरै जनामा यस भाइरसको संक्रमण भेटिएको छ।
पहिले सर्पलाई मानिएको थियो भाइरस फैलाउने कारण
चीनमा फैलिएको घातक कोरोना भाइरसका कारण अहिले चीनमा संकट पैदा भएको छ। यस भाइरसको संक्रमणबाट मर्नेको संख्या रोकिएको छैन्। केही समय अघि यस भाइरस फैलाउने मुख्य दोषी सर्पलाई ठहराइएको थियो। तर वैज्ञानिकले पछि यो भाइरस चमेराबाट फैलिएको बताएका छन्।