काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका (नेकपा माओावादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सपथ लिँदैछन्।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्री दाहालको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ।
प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खान लागेका हुन्। यसअघि उनले टाइ–सुटमा शपथ खाएका थिए।