आज बालुवाटार छाड्दै देउवा, केहि दिन होटलमा बस्ने

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : १४


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री, तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्।

आज दिउसो देउवाले बालुवाटार छाड्न लागेका हुन। बालुवाटार छाडेपछि सभापति देउवा बुढानिलकण्ठस्थित आफ्नो निवासमा केहि दिन बस्न पाउने छैनन्।

देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेको बताइएको छ। देउवा दम्पत्ति अब केहि दिन होटलमा बस्ने छन्।


प्रतिक्रिया दिनुहोस्