नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका सात वटा राजनीतिक दलको बैठक बोलाइएको छ।
आज अपरान्ह प्रधानमन्त्रीको शपथग्रहण अगावै गठबन्धन बैठक डाकिएको हो।
बैठक बिहान ११ बजे सिंहदरबारमा राखिएको छ। नयाँ सरकार गठनमा भागबण्डालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ।