पूर्वमन्त्रीका पिए दम्पत्ति साउनामा मृत भेटिए

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ५ : ३९


काठमाडौं । पूर्वमन्त्री थममाया थापा मगरका स्वकीय सचिव दम्पत्ति ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा मृत भेटिएका छन् ।

वाफ लिन भनेर साउना गएका पूर्वमन्त्री थापाका स्वकीय सचिव हस्त गर्बुजा मगर र उनकी श्रीमती नेत्रकुमारी गर्बुजा मृत भेटिएका हुन् । 

ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका उनीहरु गएराति साउनामै निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए ।

अचेत अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । अक्सिजनको कमीका कारण निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाई छ ।

उनीहरूको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्