काठमाडौं । सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले पनि अब बन्न नयाँ सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।
तर, अध्यक्ष राउतले आज पहिलो दिनमै यति धेरै ज्ञान र वितृष्णा होला भन्ने कहिल्यै नसोचेको भन्दै ट्विट गरेका छन्।
सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला।
तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति। pic.twitter.com/roMKEvSJ73
— Dr. CK Raut (@drckraut) December 25, 2022