नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन्।
उनले पहिला गठबन्धन गलत हो भन्दा जबरजस्ती किन गरेको र अहिले किन जोगाउन नसकेको भन्दै भजनमण्डलीहरू यसको जिम्मेवार रहेको टिप्पणी गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन रु यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ।राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ।’
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022