यस्तो बनायो चीनले ४८ घण्टामा एक हजार शैय्याको अस्पताल (फोटोभिडियो)

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ४ : ३०


बेइजिङ । चीनबाट फैलिरहेको घातक कोरोना भाइरसको डर विश्वभर छ। १५ भन्दा बढि देशहरुमा भाइरस फैलिएपछि धेरै ठाँउमा सर्तकता अपनाइएको छ। 

उक्त भाइरसका कारण अहिलेसम्म १ सय ३२ जनाको मृत्यु भइसकेको छ। करिब ६ हजार मानिस संक्रमित बनेका छन् । भाइरसका कारण सबैभन्दा बढि चीनको वुहान प्रान्तको स्थिती खराब बन्दै गएको छ। 

यसैबीच, चीनले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि २ दिनमै अस्पतालको निर्माण गरेको छ। चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल ४८ घण्टामै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो। यो अस्पताल बुधबार बिहान साढे १० बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। 

कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो। अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर,शैय्या थपेर २ दिनमै तयार गरिएको हो। मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो।


प्रतिक्रिया दिनुहोस्