काठमाडौँ । नेपाली यात्रु बोकेर बिहेमा जाँदै गरेको गाडी भारतमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य १२ यात्रु घाइते भएका छन्।
भारतको पश्चिम बंगालस्थित नगरकट्टा भन्ने स्थानमा बुधबार अपरान्ह नेपाली यात्रु बोकेको गाडी दुर्घटना भएको हो। दुर्घटनामा घाइते झापा बुद्धशान्ति ३ कि करिब ५० वर्षीया भूमा ढकाल र अन्दाजी ४५ वर्षका दिपज्योति ढकालको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
भारत–भुटानको सीमा सहर जयगाउँमा बिहीबार हुन लागेको आफन्तको बिहेमा हिँडेका १८ नेपाली यात्रु डव्ल्यू वी ७६–९१९४ नम्बरको गाडीमा सवार थिए। विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कार दुर्घटना हुँदा नेपाली यात्रु सवार गाडीलाई ठक्कर दिदा नेपाली यात्रु सवार गाडी पनि पल्टिएको थियो।