काठमाडौं । बहुमत सांसदको हस्ताक्षर सहित राष्ट्रपति भवन शितल निवास पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्।
सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ। कांग्रेस (८९) लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ।