प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : १०


सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्न अन्तिम समयसम्म प्रयत्न गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएका छन्।

आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले नेतृत्वको नयाँ गठबन्धनको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो। यो गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले पनि सघाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस्