नयाँ समीकरण बन्दै: बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाका नेताहरु

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ५३


नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेसँगै वैकल्पिक मोर्चाको प्रयास शुरु भएको छ।

एमाले, माओवादीसहितका दलहरुले अर्को गठबन्धन बनाउने तयारी अघि बढाएका छन्।

राष्ट्रपतिले दिएको सरकार गठनको समयभित्रै बहुमत जुटाएर प्रधानमन्त्री दावी गर्ने गरी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल चलिरहेको छ।

ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजेन्द्र लिङ्ग्देन,अशोक राई र रवि लामिछानेलाई समेत राखेर छलफल चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्