सत्ताधारी गठबन्धनमा खटपट आइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।
काँग्रेससँग सहमति जुट्न नसकेपछि उनीहरु विकल्पमा छलफल गर्न बालकोट पुगेको बताइएको छ।