नेपालमा लगानी गरेका विदेशी कम्पनीलाई साढे पाँच अर्ब

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  १ : ५६


काठमाडौँ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन्। 

यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा, ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान अनुमति दिएको उद्योग विभागले जनाएको छ।

विभागले विदेशी लगानी तथा प्र्रविधि हस्तान्तरण शाखाका निर्देशक उदयकुमार गुप्ताका अनुसार विभागले यो वर्ष करिब पाँच अर्ब ५० करोड रुपैयाँको अनुमति दिएको छ। कम्पनीले गत वर्षको मुनाफा लैजान लागेका हुन्। 

विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लगानीकर्ताको सजिलोको लागि पहिलोपटक उद्योग अन्तर्गतको एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिएको विभागले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्