पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ३२


महेन्द्रनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ। उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस जानुभएको थियो। शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उहाँ साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी हुनुभएको थियो। पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस्