रेखा थापाले कसलाई लेखिन् ‘डियर कमरेड’ ?

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : १५


काठमाडौं । साउथ इन्डियन मुभि 'डियर कमरेड' पछिल्लो समय निकै चर्चामा छ । 

विजय देवेराकोन्डा र रश्मिका मान्डणाद्वारा अभिनित यो फिल्म युट्वुवमा राखिएदेखिनै नेपालको युट्युव ट्रेन्डिङमा नम्बर वान मा छ।

फिल्म हेरिसकेपछि मानिसहरुले विविध प्रतिक्रिया जनाइरहेका छन्। खासगरि सामाजिक सञ्जालमा 'डियर कमरेड' भन्दै लेखेको देखिन्छ।

कसलाई 'डियर कमरेड' भनेको हो भन्ने बारे भने बुझ्न गाह्रो हुने गरेको छ। 

यसैबीच, नेपाली सिनेमा क्षेत्रकी वरिष्ट नायिका रेखा थापाले पनि 'डियर कमरेड' भन्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरेकि छन्।

विद्रोही स्वभावकि नायिका थापाले कसलाई 'डियर कमरेड' भनिन् त्यसै भन्न गाह्रो छ। 

पोस्ट हेर्दा उनले फिल्म हेरिसकेपछि 'डियर कमरेड' भन्दै लेखेको बुझ्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्