युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि शिक्षकको हत्या, दुईजना सार्वजनिक

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ४३


बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलन प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए।

प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

विष्टको मृत्यु भएपश्चात् शवलाई लुकाउन प्रजा र बिमला दुवैले बोकेर नजिकैको केत्तुकेको झारीमा फालेका थिए।

दुवैजना विरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो।

यसअघि हत्यामा संलग्नको सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न आन्दोलन तथा शव नबुझेका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै शव पनि बुझेका छन्।


प्रतिक्रिया दिनुहोस्