वेवारिसे अवस्थामा भेटियो ४७ बोरा सूर्ती

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ३४


इलाका प्रहरी कार्यालय राजगढले ४७ बोरा सुर्ती बरामद गरेको छ । इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले आज बाह्रदशी गाउँपालिका–२ मा वेवारिसे अवस्थामा रहेको ४७ बोरा सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
     
बरामद गरिएको सुर्ती रु दुई लाख ५० हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । बरामद गरिएको सुर्ती मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
     
उता इलाका प्रहरी कार्यालय झिलझिलेले चार केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–१ निवासी अकालु साह रहेका छन् । प्रहरीले साहको घरबाट रु १४ हजार ६४८ नगद र एक थान चिलिमसमेत बरामद गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्