नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ६ : ०६


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

अध्यक्ष नेपाल निमोनिया देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो। उहाँहरुले आज अस्पताल पुगी अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको हो।

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्