नेकपाको महाअधिवेशन ०७७ को चैतमा (प्रतिवेदनको पूर्णपाठसहित)

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ११


काठमाडौं । सत्तारुढ दल नेकपाले राष्ट्रिय महाधिवेशन २०७७ को चैत अन्तिममा गर्ने प्रस्ताव गरेको छ ।  २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न अध्यक्ष्यद्वयको प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।  राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो। प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहको अधिवेशन गरिसक्ने बताइएको छ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गरिएको थियो । राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्