मिसनमा साउथ सुडान गएको सैन्य टोली फिर्ता

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ४ : १२


‘युनाइटेड नेशन्स मिसन इन साउथ सुडान’का लागि गएको नेपाली सैन्य टोली फर्किएको छ।

उक्त मिसनमा तैनाथ रहेको टोली बिहान काठमाडौं आइपुगेको हो। ईथियोपियन एयर ईटी–८८०८ नम्बरको उडानबाट उक्त टोली दिल्ली हुँदै काठमाडौं ओर्लिएको छ।

चन्दननाथ गण (शा.से) आठौं डफ्फाको मिसन सकाएर तेस्रो फ्लाईटमा कमाण्डर प्रमुख सेनानी सरोज राणासहितको टोलीको आगमन भएको हो। टोलीमा २२३ जना छन्।


प्रतिक्रिया दिनुहोस्