‘सिर्जना यात्रा’को प्रस्तुति पारिजात स्मृति केन्द्रमा हुने

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ४८


काठमाडौँ । नियमित रुपमा  प्रत्येक महिनाको तेस्रो शुक्रबार गरिदै आएको  सिर्जना यात्राको तेस्रो शृङ्खला काठमाडौंको म्हैपीमा हुने भएको छ।

प्रत्येक महिनाको तेस्रो शुक्रबार २ बजे देखि ४ बजे सम्म भइरहेको कार्यक्रम यसपटक यही माघ १७ गते पारिजात स्मृति केन्द्र म्हैपीमा हुने आयोजक संस्थाले जनाएको छ । 

उक्त कार्यक्रममा ८ वटा गीत र ८ वटा कविता प्रस्तुत हुनेछन । 

पारिजात स्मृति केन्द्र, सार्थक जनसङ्गीत प्रतिष्ठान , इसास किर्तिपुरको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा कविहरु, नवीन प्रकाश श्रेष्ठ, अभय श्रेष्ठ, राज कुमार केसी, भीष्म उप्रेती, सुरेश किरण, प्रथा ओमकार, सुलोचना मानन्धर, लक्ष्मी मालीले कविता र ओम श्रेष्ठ, लक्ष्मी गुरुङ, रानीशोभा महर्जन, वीरप्रसाद भन्सारी, रामेश, रायन, सिन्धु जलेसा, जे.वि टुहुरे, मधु गुरुङ र उदय श्रेष्ठले गीतहरू प्रस्तुत गर्नु हुनेछ ।   


प्रतिक्रिया दिनुहोस्