राजाको महलबाट ३६ घडी चोरियो, प्रत्येकको मूल्य साढे २२ लाख

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : २८


काठमाडाैं । कुनै राजदरबारमा सुरक्षा कत्तिको हुन्छ भन्ने विषयमा तपाई पनि जानकारनै हुनुहुन्छ होला । यस्तो अवस्थामा पनि कुनै महलबाट केही बस्तु चोरियो भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर, दक्षिणी अफ्रिकी मुलुक मोरक्कोमा यस्तै भएको छ ।

यहाँका राजा मोहम्मद छैटौंको ३६ घडी चोरि भएको छ । तपाइलाई यो जानेर पनि अचम्म लाग्न सक्छ कि प्रत्येक घडीको मूल्य साढे २२ लाख रुपैयाँ पर्छ । यो चोरीको आरोपमा महलको सफाइ गर्ने महिलालाई शनिबार १५ वर्षको जेल सजाय सुनाइएको छ । यद्यपि ४६ वर्षीय महिला चोरको नाम भने खुलाइएको छैन् । यसका अतिरिक्त राजा मोहम्मद छैटौंको उक्त घडी किन्न सुन पसले समेत अन्य १४ जनालाई ४–४ वर्षको जेल सजाय सुनाइएको छ ।

अनुसन्धानको समयमा महिला सहित अन्य आरोपीले आफ्नो अपराध स्वीकारेका छन् । मीडिया रिपोर्टका अनुसार महिला चोरले उक्त घडीलाई पगालेर त्यसमा जडिएको बहुमूल्य रत्न निकालेर उच्च मूल्यमा बिक्री गरेकी थिइन् । यो पैसाबाट एक आरोपीले साढे १७ लाख रुपैयाँको गल्फ कोर्स खरिद गरेका थिए ।

साथै महिला सरसफाई गर्नेकी बहिनीको नाममा एक अपार्टमेन्ट पनि बुक गरिएको थियो । जसको मूल्य २९ लाख रुपैयाँ थियो । मोरक्कोका राजा मोहम्मद छैटौको विलासी घडी लगाउने, महँगो पेन्टिङ किन्ने र नयाँ कारमा घुम्ने शोख रहेको छ । २०१८ मा उनको एक तस्बिर सोशल मीडियामा व्यापक भाइरल भएको थियो । जसमा उनले एक घडी लगाएका थिए । उक्त समयमा उक्त घडीको मूल्य साढे १३ करोड रुपैयाँ भएको दावी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्