कमला घिमिरेले मागिन् माफी

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ५ : २९


काठमाडौं । गायिका कमला घिमिरेले माफी मागेकी छन्। एक लोकदोहोरी कार्यक्रममा गाएको गीत विवादित बनेपछि उनको आलोचना भइरहेको छ।

जबर्जस्ती करणीबारेका घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको भन्दै कमलाको धेरैले विरोध गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत कमलाले माफी माग्दै लेखेकी छन्- ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन। यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु। सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला। आइन्दा यस्तो गल्ती हुनेछैन। अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु। सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत/संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है।’


प्रतिक्रिया दिनुहोस्