मैले भनेको नमान्ने कार्यपालिका सदस्यले राजीनामा दिनुपर्छः हर्क साम्पाङ

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : १५


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै साम्पाङले भनेको नमान्ने भए राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका हुन् ।

सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्