अध्यादेश कार्यान्वयन गर्न माग गर्दै विप्लव नेकपाद्वारा आन्दोलन घोषणा

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : ०७


काठमाडौं । सरकाले राष्ट्रपतिकहाँ पठाएको अध्यादेश कार्यान्वयन हुनुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेकपाले आन्दोलन घोषणा गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित कार्यक्रम अनुसार पौष १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, पौष २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०-११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेका छन्।

ओली सरकारसङ्ग नेपाल कम्युनिस्ट पार्टीले २० महिना अघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ता रिहाई गर्ने र उनीहरुमाथि राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो तर नेकपामाथिको प्रतिबन्ध फिर्ता लिएपनि बन्दिहरुको रिहाइ र मुद्दाहरू खारेज नभएकाले नेपाल कम्युनिस्ट पार्टी र देउवा सरकार बिच पटकपटक वार्ता र छलफल भएका थिए।


प्रतिक्रिया दिनुहोस्