चिनीयाँ राष्ट्रपति सीले कोरोना भाइरसको नाम ‘सैतान’ राखे

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ४७


काठमाडौँ । चीनमा घातक कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ३२ पुगेको छ।

करिब ३ हजार बढि मानिस सङ्क्रमित बनेका छन् । कोरोनाले सङ्कट निम्त्याएपछि बुधबार समारोहमा बोल्दै चीनका राष्ट्रपति सी जिङ पिङले उक्त भाइरसलाई सैतानको संज्ञा दिएका छन् ।

'चीन अहिले १ सय ३२ जना मारिसकेको सैतान भाइरससँग लडिरहेको छ', राष्ट्रपति सीले भने ।

संसारभर फैलिरहेको घातक कोरोना भाइरस रोक्न चीनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ।

शक्तिराष्ट्रहरूले सहयोग चाहिए सहयोग गर्न तयार रहेको बताएका छन् ।

तर, चिनियाँ राष्ट्रपति सीले राक्षस भाइरसलाई पराजित गर्न चीन सक्षम रहेको बताए ।

भाइरसको सङ्क्रमणका कारण अमेरिकाले चीनमा रहेका आफ्ना मान्छेहरूलाई फिर्ता बोलाउने तयारी गरेपछि राष्ट्रपति सी को यस्तो भनाई आए हो । 

राष्ट्रपति सीले बुधबार विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूसँग चीनबाहिर १५ देशमा फैलिएको उक्त भाइरसबारे बेइजिङमा छलफल गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।   

ट्रम्पले चिनियाँ राष्ट्रपतिलाई भने -'भाइरससँग लड्ने दक्ष जनशक्ति अमेरिकासँग छ'


प्रतिक्रिया दिनुहोस्