काठमाडौँ । अमेरिकामा एक कार्यक्रममा सहभागी हुन उडेकी गायिका आस्था राउत एअरपोर्टबाटै फिर्ता भएकी छन्।
युनाइटेड होम केयर सर्भिसद्वारा आयोजित सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका राउतलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएको हो।
आरउतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो।