एजेन्सी । बलिउड अभिनेता सलमान खानले आफूसँग सेल्फी लिन खोजेका फ्यानमाथि आफ्नो रिस पोखेका छन्।
मंगलबार फिल्म ‘राधे’ को सुटिङका लागि सलमान गोवा पुगेका थिए। जहाँ उनलाई हेर्नका लागि सयौँ फ्यान एयरपोर्टमा उभिएका थिए। त्यो बेला उनका एक फ्यानले उनीसँग सेल्फी लिने प्रयास गरिरहेका थिए। तर रिसाएका सलमानले उनको हातबाटै मोबाइल खोसिदिए। उनी फ्यानको मोबाइल लिएरै एयरपोर्टबाट बाहिर निस्किए।
जब ती फ्यानले मोबाइन दिन आग्रह गरे, तब सलमानका बडीगार्डले पनि उनीमाथि दुव्र्यवहार गरे। अहिले उक्त दृष्यको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियोमा सलमानका बडीगार्डले ती फ्यानलाई धक्का दिएको दृष्य देख्न सकिन्छ।
सलमानले फ्यानमाथि दुव्र्यवहार गरेको यो पहिलो घटना भने होइन्। उनले पटक पटक फ्यानमाथि रिस पोख्दै आएका छन्। उनले कतिको फोन खोसेका छन् भने कतिको फोन फ्याँकिदिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।