नेपाल-भारत सीमा नाकामा दोहोरो भिडन्त, भारतीय मोस्टवान्टेड पक्राउ

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : २९


रौतहट । रौतहटको भारतीय सीमा नाकामा प्रहरी र अपराधीबीच दोहोरो भिडन्त भएको छ।

गस्तीमा निस्किएको प्रहरी टोली र भारतीय अपराधि समूहबीच गएराति भिडन्त भएको हो। भिडिन्तमा प्रहरीको गोली लागेर घाईते भएका एकजना मोस्टवान्टेड भारतीय अपराधीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीका अनुसार नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरी गस्ती टोलीबीच गोली हानाहान भएको हो।

गोली हानाहानमा भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत जटौलिया ग्राम पन्चायत वडा नं ४ का शेख चाँद अलीको दाहिने खुट्टामा गोली लागेको थियो। उनी मोस्टवान्टेड सूचीमा रहेका थिए। 


प्रतिक्रिया दिनुहोस्