काठमाडौँ । तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण चीनको हुवान शहरमा संकट पैदा भएको छ। यसको संकट रोक्नका लागि अस्ट्रेलियाका वैज्ञानिकले नयाँ कोरोना भाइरस उत्पान गरेका छन्।
यसले चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण उपचारमा सहयोग गर्ने वैज्ञानिकले दाबी गरेका छन्। वैज्ञानिकहरुले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भाइरस बनाएको सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि चीनका वैज्ञानिकले पनि नयाँ भाइरस बनाएका थिए। तर चीनले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई भाइरस नै उपलब्ध नगराएर भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएको थियो।
चीन बाहिर कोरोना भाइरस उत्पादन गर्ने अस्ट्रेलिया पहिलो देश पनि बनेको छ। अस्ट्रेलियाले यो खोजबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराउने तयारी समाचारमा उल्लेख छ।
कुनै पनि रोगको उपचारका लागि वैज्ञानिकहरुले त्यही रोगको भाइरस उत्पादन गरी औषधि तथा उपचारको विधि तयार गर्ने गर्छन्।