काठमाडौं । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का डाक्टर पंकज चौधरी पक्राउ परेका छन्। उनीमाथि दाइजोमा काठमाडौंमा घर मागेको आरोप छ।
उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत रहेका उनलाई श्रीमती कुटपिट गरेको खबर आएपछि अस्पतालले निष्काशन गरिसकेको छ।
पक्राउ परेका पंकजलाई हाल जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ।
विवाहमा नेहाको माइती पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेका थिए।
पंकजले दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै आएको नेहाको आरोप छ।