काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिलाई विशेष आग्रह गरेको छ।
पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मंगलबार एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन्।
पार्टीले नेपाल सरकारसँग गरेको तीन बुँदे सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा भएको महासचिव विप्लवले उल्लेख गरेका छन्।
महासचिव विप्लवले तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त रहेको बताएका छन्।