मेडिकल अन्डर राइटिंगका लागि रिलायन्स लाइफले गर्यो सम्झौता

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : ०७


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ ।

कम्पनीले धनगढीस्थित केजी अस्पताल, अत्तरियास्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंगको लागि सम्झौता गरिएको हो ।

कम्पनीका ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक-अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।
उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्