कक्षा ४ मा अध्ययनरत विद्यार्थीमाथि देशद्रोह मुद्दा

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ४८


काठमाडौं । भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप छ । प्रहरीले नागरिकता ऐन संशोधनसम्बन्धी नाटकको दृश्यले प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्