समिक्षाको ‘स्याड स्टाटस’- मलाई बाच्नै गाह्रो भयो, छिनमै हटाइन्

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : १२


काठमाडौं । गायिका समिक्षा अधिकारीले सोमबार मध्यराति फेसबुकमा एउटा स्टाटस लेखिन।

स्याड इमोजी राखेर लेखिएको उक्त स्टाटसमा लेखिएको छ-‘मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन’

तर, स्टाटस लेखेको केहि छिनमै उनले हटाइन् र अर्को सेल्फी फोटो राख्दै स्माइल र साइलेन्स शक्तिशाली हुने भन्दै क्याप्सन राखिन्।

फेसबुकमा उनले कमेन्ट गर्ने अप्सनमा पनि सिमित व्यक्तिलाई मात्र गर्न मिल्ने बनाएकी छन्।

समिक्षाको सो स्टाटसबाट उनी पछिल्लो समय मानसिक पीडामा रहेको बुझ्न सकिन्छ। सामाजिक सञ्जालमा उनलाई अघि बढ्न हौसला दिने भन्दा पनि नराम्रा कमेन्टहरुको बर्षा नै भेटिन्छ।


प्रतिक्रिया दिनुहोस्