घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ०२


काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेकाे छ। आज छापावाल सुन प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ७६ हजार रूपैयाँ प्रतिताेलामा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७५ हजार ३ सय रूपैयाँ रहेको छ। आज चाँदी प्रतितोला  ८ सय ७० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्