कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीमाथि पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ।
मेयर शाहीले न्युज २४ मा कार्यरत पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो।
पत्रकार ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ।