दिपेश लामा र समिरा थपलियाको नयाँ गीत ‘सानो घर मायाँको’ सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ५३


काठमाडौं। युवा गायक दिपेश लामा र समिरा थपलियाको नयाँ गीत सार्वजनिक भएको छ।

यसअघि मायाको गाउँ टेकेर, गोर्खा मेलैमा बोलको गीत गाएर चर्चा कमाएका दिपेश लामाले यतिबेला ‘सानो घर मायाँको’ बोलको गीत ल्याएका हुन्।

दिपेश र समिरा दुवैले गाएको यस गीत निकै रोमान्टिक छ। गीत दिपेशकै युट्युब च्यानलमा सार्वजनिक भएको छ।

यस गीतका गीतकार दिपेश लामा स्वयं र ध्रुव केशी हुन् भने यसमा संगीत गायक लामाकै छ। डिएस क्रियसन स्टुडियोमा रेकर्ड गरिएको गीतका एरेन्जर दिक्षित पौडेल हुन्।

यहाँ कमल बहादुर गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ।

नयाँ गीत साथै गोर्खा मेलैमा र मायाको गाउँ टेकेर अगाडि दिपेशको चरिमा ज्यानले गुडै लगायो, पहिलो भेट, दुरी बोलको गीत पनि सार्वजनिक भएको थियो।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्