काठमाडौँ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेका कारण तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशको पश्चिमी भू–भागमा तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदली भइ हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ। यो क्रम तीन दिनसम्म चल्ने छ।
तीन दिनसम्मको मौसम पूर्वानुमान
माघ १५ गते (बुधबार)
दिउँसो : देशको पश्चिम तथा मध्य भू-भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
रातीः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ।
रातीः देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने बांकि भुभागमा सामान्यतया मौसम सफा रहनेछ।