२५ बर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  २ : ४४


पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जनरल सर्जरी विभागका एक रेजिडेन्ट चिकित्सकको हृदयघातका कारण मृत्यु भएको छ।

बुधबार राति शल्यक्रियामा संलग्न रहेर फर्किएका २५ वर्षीय डा.किरण श्रेष्ठको मृत्यु भएको हो।

पाँचथर घर भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जरी स्नातकोत्तर तह प्रथम वर्ष अध्ययनरत डा.श्रेष्ठको बुधबार अस्पतालमा निधन भएको हो।

बुधबार राति शल्यक्रिया संलग्न रहेका डा.श्रेष्ठले आफूलाई असहज भएको बताएपछि साथीले आवासमम्म पुर्याएका थिए त्यसअघि पनि डा.श्रेष्ठले आराम गर्दै काम गर्दै आईरहेका थिए।

कोठामा पुगेपछि अचानक बेहोस भएका डा.श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इमर्जेन्सी पुर्याइएकोमा थप उपचार हुन नसकेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्