श्रीमतीसँग आर्थिक हरहिसाब नमिल्दा श्रीमानले टाउको काटी हत्या गरेका छन्।
सुर्खेत पञ्चपुरी नगरपालिका–३ तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले हिजो दिउँसो श्रीमती ३० वर्षीया मीना आले मगरलाई हँसिया प्रहार गरेर घाँटी काटी हत्या गरेको बताइन्छ।
हत्या गरेर टाउको प्लास्टिकको झोलामा बोकी भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।
घटनाबारे अनुसन्धान भइरहेको छ । उनी बिदेश बसेर आएका हुन्। आर्थिक मामिलामा पारिवारिक विवादले हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।