एजेन्सी । चीनमा फैलिएको नयाँ भाइरस (कोरोना भाइरस) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ। ४,००० जनाभन्दा बढीमा यसको संक्रमण भएको पुष्टी भएको छ।
यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस सुरु भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेका छन्।
चीनभन्दा बाहिर पनि यसको संक्रमण फैलिएको छ र मंगलबारसम्म कम्तीमा १६ देशमा ४७ संक्रमणका घटना भएको बताइएको छ। चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ।